Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि प्रयोग गर्न अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 3.5K
    SHARES

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिएका छन् ।

‘ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको छ । मुटुको चाल पनि घट्दो क्रममा छ,’ जैसीले जन प्रहारलाई भने, ‘समान्य स्लाइन पानी चढाए पनि औषधि लिनु मान्नुभएको छैन ।

डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन मानिरहेका छैनन् । ‘उहाँले तीन करोड नेपाली जनताका लागि उठाएका माग सरकारले सम्बोधन नगरेसम्म औषधि लिन्न भन्नुभएको छ,’ जैसीले भनेका छन् ।

केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

उनका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिए पनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए । डाक्टर केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४