Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमतिः रामेछापमा कांग्रेस–माओवादी दुवै दलको दावी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 1.9K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँडमा सहमति जुटेको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्र मध्य केही स्थान बाहेक अधिकाश निर्वाचन क्षेत्रमा सहमति जुटेकाे छ ।

आज भएको शीर्ष तहको सहमति अनुसार रामेछाप र दोलखाको प्रतिनिधिसभाका लागि कांग्रेस–माओवादीबीच बाँडफाँट हुनेछ । दोलखामा कांग्रेसले लिएको अवस्थामा रामेछापमा माओवादीले दुवै प्रदेश सभाको टिकट लिनेछ भने रामेछापमा कांग्रेसले प्रतिनिधिसभाको पाएको अवस्थामा दोलखामा कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र पाउनेछ ।

प्रतिनिधिसभाको टिकटको लागि कांग्रेस र माओवादीबाट उम्मेदवार सिफारिस भएका नेताहरु दौडधुपमा लागेका छन् । माओवादीले विगतमा निर्वाचन जितको आधारमा यस पटक पनि टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेको छ भने कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफूहरु जिल्लामा पहिलो दल भएकाले प्रतिनिधिसभा टिकटमा दावी प्रस्तुत गरेको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा कांग्रेसले ६ हजार मतले पराजित भएको थियो ।

यस पटक संघको टिकटको लागि कांग्रेसबाट पूर्णबहादुर तामाङ कान्छाराम, नेता रामचन्द्र खड्कासहित ६ जनाको नाम सिफारिस भएको छ भने माओवादीबाट प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, नेता युवराज चौलागाई, संविधानसभा सदस्य डिल्लीमान तामाङसहितका नेताहरुको नाम सिफारिस भएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीबाट पनि जिल्ला इन्चाज देवशकर पाैडेल, नेता हाेम बुढाथाेकी लगायतका नेताहरुकाे नाम संघको टिकटका लागि सिफारिस भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४