Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 4.8K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो ।

आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगले सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरी स्वीकृत भएको वैदेशिक भ्रमणबाहेक नेपल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट खर्च हुने गरी वैदेशिक भ्रमण गर्न नपाइने आयोगको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४