Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुटपाथ खाली गर्ने बालेनको अभियानविरुद्ध एमाले निकट श्रमिक सडकमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ ।

एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ । व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए । उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताएका छन् । ‘हेर्दा मेयरको अभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले जन प्रहारलाई भने ।

उनले अघि भने ‘बेलुका ५ देखि ७ बजे सम्म हामीले खाली ठाउँमा बस्दा मेयरलाई टाउको किन दुख्छ ?’ अध्यक्ष श्रेष्ठले दशैं, तिहारका बेला स्वरोजगार श्रमिक भोकै पर्ने अवस्था आएको बताएका छन् । उनले महानगरपालिकाले खाली ठाउँमा व्यवस्थित बजार बनाएर स्वरोजगार श्रमिकले कर तिरेर व्यवसाय गर्ने बताएका छन् ।

महानगरपालिकाका मेयर बालेन साह बालेंद्रलाई  ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्  ।

ज्ञापनपत्र बुझाउन गएकी नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले मेयर बालेन साहले सडकमा रोइरहेको श्रमिकको आवाज नसुनेको बताएकी छन् ।

‘यत्रो सडकमा रोइरहेका कराइरहेका जनताको आवाज सुन्नुभएन कसको आवाज सुन्नुहुन्छ ? अहिलेको अवस्थामा सडक पेटीमा फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई वैकल्पिक स्थान दिन नसके पनि निश्चित टाइम टोकेर गरिखाने वातावरण बनाइ दिनुपर्‍यो’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘हामीलाई थाहा छ सडक पेटीमा बस्नु हुँदैन, त्यहाँ व्यवसाय गर्ने ठाउँ होइन, हाम्रो भनाइ के हो भने २४ घण्टामा २ घण्टा त गरिखाने वातावरण त् बनाई दिनुस् ।

स्वरोजगार श्रमिकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न खाली ठाउँमा सस्तो बजार बनाउनुपर्ने वा सन्ध्याकालीन व्यापारको व्यवस्था गर्नुपर्ने उनले बताएकी छन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीबाट जफत गरेको सामान फिर्ता नदिई लिलाम गर्ने गरेको छ । संघले ती सामान सम्बन्धि व्यापारीहरुलाई नै फिर्ता गर्नुपर्ने, फुटपाथ व्यापारीको समस्या समाधानका लागि आफूहरुको समेत सहभागितामा नीति तथा कार्यक्रम बनाउनुपर्ने माग पनि गरेको छ ।

‘राज्यले रोजगारी दिन सक्दैन, हजारौं नागरिकले काम देउ भनेका छैनन्’ उनले भनिन्, ‘ उनीहरुलाई सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ ।

संघले महानगरपालीका सबै वडामा नागरिक बजार वा सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, दर्शै तिहार र छठसम्म विहान बेलुका सडकमै व्यापार गर्न दिनुपर्ने लगायतका माग राखेका छन् ।

हेर्नुस् फुटपाथ व्‍यापारीको प्रेस विज्ञप्ति

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४