Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू–१७ च्याम्पियनसिप : अनुभवको कमीले गुमेको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । श्रीलंकामा भएको साफ यू–१७ च्याम्पियनसिपको फाइनलमा भारतसँग मैदान उत्रिनु अघि नेपाली टिममको मनोबल उच्च थियो । देशभरबाट खुल्ला छनोटमार्फत छानिएको जोशिलो टिमको मनोबल उच्च हुनुको कारण थियो प्रतिद्वन्द्वी भारत ।

समूह चरणमा ३–१ ले हराइसकेको भारतसँगै नेपालले फाइनल खेल्न पाएको थियो ।

तर खेलअघिको मनोबल र जोश अनुसारको नतिजा आउन सकेन । समूह चरणमा हराएको भारतसँग फाइनलमा नेपाल ४–० को फराकिलो अन्तरले पराजित भयो । त्यो त फाइनलमा नेपाल भारतसित पराजित भएको पहिलो होइन् ।

पालले यू–१७ (यसअघि यू–१५ र यू–१६) उमेर समूहको साफ च्याम्पियनसिपको फाइनल योसहित ४ पटक खेलेको छ र चारै पटक नेपाल भारतसित पराजित भएको हो ।

प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली खेलाडीमा अनुभवको कमी भएकै कारण फाइनलमा हार्न पुगेको बताए ।

नेपाली टिम एक महिनाको तयारी गरेर श्रीलंका प्रस्थान गरेको थियो । प्रतियोगिताकै लागि भनेर नेपालभरीबाट खुल्ला छनोट माध्यम प्रयोग गरि खेलाडी छनोट गरेको थियो ।

उत्कृष्ट खेलाडी छनोट गरेर टिम बनाएको दाबी गर्ने प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘कतिपय खेलाडी त घरेलु प्रतियोगिता पनि नखेलेका थिए । छोटो समयको तयारीमा खेलाडीले विदेशमा गएर यत्तिको खेल्नुलाई मैले राम्रो भन्छु ।

फाइनलको दबावमा कसरी खेल्ने भन्ने अनुभवको कमी खेलाडीमा देखिएको बताउने उनले नेपाली कप्तान संयम हुन नसक्दा अन्य खेलाडी पनि अत्तालिएको बताए ।

‘सबै खेल राम्रो खेले पनि फाइनलमा अनुभवको कमी भएका कारण खेलाडी आवेशमा आएर हामीलाई गाह्रो भयो’, प्रशिक्षक श्रेष्ठले भने, ‘कम समयमा गोल खाँदा कप्तानले धैर्य र लय गुमाएका कारण त्यो स्थितिमा कसरी सम्हालिने त्यो अनुभव नहुँदा नेपाल पछि पर्‍यो ।’

भारतीय पक्षले काउन्टर बल बढी पाएको र मौकाको सदुपयोग गरेकाले उपाधि उचालेको प्रशिक्षक श्रेष्ठको ठहर छ । ‘भारतको यो टिमले दुई वर्षदेखि यू–१७ खेलिरहेको छ, हामी एक महिनामा टिम बनाएर प्रतियोगिता खेल्न गएका थियौं । त्यसैले कमजोर देखियौं ।

नेपाली यूवा टिम निकै राम्रो भविष्य भएको टिम भएको भन्दै उनी एन्फाले लगानी गरे यी खेलाडी राम्रो भविष्य बन्न सक्ने बताउँछन् । ‘यो टिमलाई एसियन गेम्सका लागि तयारी गर्छौ । यो टिमलाई प्रशिक्षण र लगानी दिएर राम्रो बनाउँछौं ।’
घरेलु फुटबलका असफल, उमेर समूहमा सफल

ए डिभिजन क्लब थ्री स्टारका प्रशिक्षक रहेका श्रेष्ठ असफल प्रशिक्षक भनेर पछिल्लो समय विवादित रहे । तर उनै असफल मानिएका प्रशिक्षक श्रेष्ठले छोटो समयमा नै यू–१७ टिमलाई फाइनलमा पु¥याए र आफूमाथिको आरोपलाई कम गर्ने प्रयास गरे । तर उनी कुनै प्रतियोगिताको सफलता असफलतालाई प्रशिक्षकसँग मात्र जोड्न नहुने बताउँछन् । ‘कुनै पनि प्रतियोगितामा टिमले खेल जित्ने नजित्ने सबै कुरा प्रशिक्षकमा मात्र भर पर्दैन । व्यवस्थापन टिम कस्तो छ त्यो हरेक कुराले खेलाडीको खेलमा असर गर्छ’, उनले भने ।

उनी प्रशिक्षकलाई अपजसिलो पेशा भन्छन् । ‘प्रशिक्षकको जागिर नै अपजसिलो पेशा हो । नतिजा राम्रो ल्याए प्रशंसा हुन्छ, टिमले नतिजा नल्याउँदा आलोचना हुन्छ । नेपाली लिगमा व्यवसायिकता कम छ जसले गर्दा प्रशिक्षकले जहिल्यै अपजस पाउँछ ।’

रातो कार्डले धरमर

फाइनल खेलको ३८ औं मिनेटमा आफूले रातो कार्ड पाए पछि नेपालको आत्मविश्वास कमजोर भएको कप्तान प्रशान्त लक्समले बताए ।

जिम्मेवार हुनुपर्ने व्यक्ति आफैं मैदानमा सम्हालिन नसक्दा रातो कार्ड खाँदै मैदान बाहिरिए । करिब ७० मिनेट समय नेपाल १० खेलाडीमा सिमित हुन पुग्यो । भारतले पहिलो गोल गर्ने बित्तिकै सम्हालिन नसकेको नेपाली टोली कप्तान प्रशान्तको रातो कार्डले उनीहरुको मानसिकता नै कमजोर बनायो ।

फाइनल खेलको दबावका कारण पनि तनाव बढी भएकाले मैदानमा सम्हालिन नसकेको उनी स्वीकार्छन । ‘फाइनल खेलको प्रेसरले गर्दा मैदानमा संयम हुन गाह्रो भयो । गल्ती त्यहि नै भयो ।

उनका अनुसार छोटो समयमा पनि यत्तिको नतिजा ल्याएर फर्किनु एक सकरात्मक पक्ष हो । ‘छोटो समयमा यत्तिको नतिजा लयउनु हाम्रो लागि सकरात्मक पक्ष हो । यो एक सुरुवात मात्र हो, धेरै कुरा सिकेर आएका छौं’, उनले भने ।

उमेर समुहमा राम्रो गर्दासमर्थकले दिएको मायाले पनि थप राम्रो गर्दै जाने उत्साह बढेको बताए । ‘हामीमा मेहनत अलि कम भयो । भारतीय टिमले बढी मेहनत गरेको कारण उपाधि जिते’, उनले भने, ‘धेरै नजिक पुगेर पनि देशको लागि उपाधि दिलाउन नसक्दा नराम्रो लागेको छ, तर आगामी दिनमा अझ राम्रो गर्दै जाने हौसला बढेको छ ।

भविष्यको राष्ट्रिय टिम खडा गर्ने बाटो

नेपाली फुटबल विकास भइ रहेको भान यू–१७ टिमले दियो । छोटो तयारीका बाबजुद राम्रो नतिजा लिएर आएको यू–१७ टिम भविष्यको राष्ट्रिय टिम खडा गर्ने माध्यम हो ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘राम्रो फुटबल खेलेर आयौं । समय छोटो भयो कति कुरा सिकाउने समय नै भएन र पनि यो टिमले राम्रो फुटबल खेल्यो । सिकाएका कुराहरु राम्रोसँग बुझेर सिकेर खेले । यो टिमको बलियो र सकरात्मक पक्ष यहि नै हो ।’

त्यसबाहेक पनि नेपाली फुटबलले नगर्नु पर्ने धेरै कुराहरु थाहा पाएर आएको र ती कुराहरुलाई व्यवस्थापन पक्षदेखि नै सुधार गर्दै लानु पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४