Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेंगुका बिरामीलाई टेकुमा छैन ठाउँ स्वास्थयकर्मी पनि डेंगुले ग्रस्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २८ २०७९
  • 10.4K
    SHARES

काठमाडौं । ज्वरोले निस्लोट भएकी रामेश्वरी दाहाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आँगनमा छिन् । डेंगु ज्वरोले असह्य बनाएपछि ललितपुरको महालक्ष्मीस्थानबाट आएकी पन्तले टेकु अस्पतालमा बेड पाइनन् ।

पन्त जस्तै अरु बिरामी बेड पाइने आशमा अस्पतालको आँगन ढुकेर बसेका छन् । तर, अस्पतालको पिँढी, आँगन सबैतिर बिरामीले भरिएका छन् । बेड त परै जाओस् बेञ्च र टुल पाउन पनि मुश्किल छ ।

अन्तरंग वार्ड मात्र होइन, आकस्मिक कक्ष समेत डेगुंका बिरामीले भरिएपछि अहिले अस्पताल प्रशासनले आँगनमै उपचार गराउन थालेको छ । ‘आकस्मिक कक्षमा खुट्टा टेक्ने ठाउँ छैन,’ आकस्मिक कक्ष प्रमुख लीलानाथ भण्डारीले जन प्रहारलाई भने, ‘भित्र सबै प्याक भएपछि बाहिरै राखेर उपचार गरिरहेका छौं ।

अस्पतालको आकस्मिक कक्ष छिर्ने ढोका बाहिरका दायाँ र बायाँ चिकित्सकको टोलीले बिरामी जाँचिरहेका छन् । लिलानाथ भण्डारीका अनुसार अहिले दैनिक ३०० डेंगुका बिरामी उपचारका लागि टेकु आइपुग्ने गर्छन् ।

साउन अन्तिम साताबाट डेंगुका बिरामी बढेपछि अस्पतालले आकस्मिक कक्षमा ३० वटा बेड थपेको थियो । थपिएका बेडले पनि नपुगेपछि आँगनमै उपचार गर्नुपर्ने बाध्यता आइलागेको भण्डारी बताउँछन् । भन्छन्, ‘ज्वरोले गलेर उभिन नसक्ने बिरामीलाई समेत हामीले बेडमा राख्न सकिरहेका छैनौं ।

१०० बेड क्षमताको अस्पतालमा बिरामीको चाप बढेपछि प्यासेजमा समेत बेड थपेको छ । तर स्वास्थ्यकर्मीहरुलाई नै डेंगु भएर आकस्मिक कक्षमै स्वास्थ्यकर्मीको अभाव छ । त्यहाँ २० जना स्वास्थ्यकर्मी हुन्छन् । उनीहरुमध्ये ४ जनामा डेंगु देखिएको आकिस्मक कक्षका प्रमुख चिकित्सक डा. श्रवणकुमार मिश्र बताए । उनी भन्छन्, ‘यता बिरामीको चाप बढेको बढ्यै छ ।

अस्पताल प्रशासनले २९ भदौदेखि ग्यारेजमा समेत बेड राखेर बिरामीको उपचार गर्ने तयारी थालेको छ । ‘आँगनमा भिड बनाएर बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सास्ती भयो’, भण्डारीले भने, ‘भोलिदेखि ग्यारेजमा बेड राखेर उपचार गर्न सुरु गर्छौं ।’

लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोग नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको थियो । सन् २०१९ मा यसको प्रकोप अत्याधिक देखिएको थियो । डा. मिश्रका अनुसार यस पटक सन् २०१९ को तुलनामा यसपटकको डेंगु संक्रमण बढी जोखिमपूर्ण देखिएको छ । ‘२०१९ भन्दा यसपटक डेंगुका विरामी अलिक बढी गम्भीर देखिएका छन्’, डा. मिश्रले जन प्रहारलाई भने, ‘कतिपय बिरामीमा रक्तश्रावको पनि समस्या देखिएको छ ।

मंसिरको सुरुवातसम्म डेंगु रहिरहने अनुमान लगाएका छन् चिकित्सकले । जाडो सुरु भएसंगै डेंगु फैलाउने लामखुट्टे हराउने भएकाले मंसिरको सुरुवातसम्म हुने उनीहरुको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४