Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस (वीपी) द्वारा घोषणापत्रको मस्यौदा सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २७ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस (वीपी) ले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्रबारे छलफल गरेको छ ।

केन्द्रीय समितिमा घोषणापत्रको मस्यौदा सार्वजनिक भएको हो । सोमबार सार्वजनिक मस्यौदामा सुझाव पेश गर्न भनिएको पार्टीका प्रवक्ता शिव सिम्खडाले जानकारी दिनुभयो । राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र राजनीतिक स्थायित्व र दिगो शान्ति स्थापना गरी समृद्धि प्राप्त गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

यस्तै महंगी, बेरोजगारी, दैनिक उपभोगका वस्तुको अभावलाई समाधान गर्न पर्यटन प्रवद्र्धनलाई आधार बनाउने उल्लेख छ । यस्तै शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । दैनिक जनजीविकालाई सहज बनाउँदै आर्थिक, समृद्धिको दिशातर्पm लैजान देशमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्ने उल्लेख छ ।

यस्तै असंलग्न नीति पछ्याउँदै सबै छिमेकी मुलुकसँग समान सम्बन्ध स्थापित गरी लाभ लिने पार्टीको उद्देश्य रहेको पार्टीका पं्रवक्ता सिंखडाले बताउनुभयो । यस्तै सोमबारको बैठकले निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । पार्टीलाई निर्वाचनमा सकेसम्म बढी ठाउँमा विजय बनाउन एक ढिक्का भएर लाग्न पार्टी सभापति सुशीलमान शेरचनले निर्देशन दिनुभयो ।

यसैबीच, नेपाली कांग्रेस मकवानपुरकी महिला नेतृ रीता खनालसहित विभिन्न व्यक्ति पार्टी परित्याग गरी नेपाली कांग्रेस वीपीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४