Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जबराको बयानमा मुछिए केपी ओली र विष्णु पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम समेत मुछनुभएको छ ।

आइतबार बयानका क्रममा जबराले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई लाञ्छना लगाएको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । बयानका क्रममा जबराले त्यसलाई स्वीकार गर्नुभएको छ ।

रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले सो काम गरेको भन्दै उहाँले सो कार्यमा तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले सहयोग पनि गरेको बताउनुभयो । बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाउनुभएको थियो ।

समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा भने राणाले डिफेन्स गर्नुभएको छ । उहाँले त्यो आवाज आफ्नो नभएको बताउनुभयो । यस्तै केही राजनीतिक दलले न्यायपालिकालाई नै ध्वंश गर्न खोजेको उहाँको दावी छ । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै राणाले नेपाली शब्दकोशमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताउनुभयो । विधि र प्रक्रियाअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको बताउनुभयो ।

निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले आज ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य विश्वकर्माका अनुसार आज १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिनुभएको छ । समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४