Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकै इतिहासमा लामो समय सम्म राजगद्दीमा बस्ने महारानी बन्न सफल एलिजावेथ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । लोकतन्त्रको जननी मानिने विश्वकै समृद्ध मुलुक बेलायतमा ७ दशक महारानी बनेर एउटा अद्भूत इतिहास बनाउनु भएकी एलिजावेथ द्वितीयाको महाप्रस्थानसंगै ब्रिटिस राजपरिवारमा एउटा अध्याय समाप्त भएको छ ।

दुई वर्षअघि उहाँले पति फिलिप गुमाउनु भएको थियो । दुईपटक नेपालको राजकीय भ्रमणमा आउनुभएकी उहाँको नेपालसंग भावनात्मक सम्बन्ध थियो । महारानी एलिजाबेथको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा भएको थियो । सन् १९३६ अप्रील २१ मा उहाँको ठूलो बुवा एडवर्ड अष्टम्ले दुईपटक पूर्वपत्नीहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागेपछि उहाँको पिता जर्ज राजा बनेसंगै १० वर्षकी लिलिबेट अर्थात एलिजावेथ राज उत्तराधिकारी बन्नुभयो ।

एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हाल्दा उहाँ ठूलो सामाजिक परिवर्तनको साक्षी समेत बन्न सफल हुनुभएको थियो । बेलायतमा सर्वाधिक सात दशकसम्म राजगद्दीमा रहनुभएका महारानी एलिजाबेथ विश्वकै इतिहासमा लामो समय सम्म राजगद्दीमा बस्ने एकमा महारानी बन्न सफल हुनु भएको छ । एलिजाबेथ शासनकालमा बेलायमा १५ प्रधानमन्त्री भए । सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि त्यसको शताब्दीपछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म एलिजावेथले व्यहोर्नुभयो ।

उहाँको शासनकालमा बेलायतमा पटक पटक आर्थिक चुनौती हुँदा उहाँले जनतालाई हरहमेशा भरोसा दिलाउने गर्नुभएको थियो । आफनो जीवनकालमा कहिले बिद्यालय समेत नगई राजमहलमै शिक्षादिक्षा हासिल गर्नुभएका एलिजाबेथले ६ बर्षका उमेरमा नै घोडसवारको कला सिक्दा बेलायतका पुर्व प्रधानमन्त्री विंस्टन चर्चिल प्रभावित भइ भन्नुभएको थियो– कुनै दिन एलिजाबेथले बेलायतको राजगद्दीमा दशकौं राज गर्नेछिन् । १३ बर्षको उमेरमा बेलायतको डार्टमथको रोयल नोबेल कलेजमा अध्ययन गरिरहनु भएका फिलिपसंग सन् १९४४ मा एलिजावेथको प्रेम सम्बन्ध गाँसियो ।

यसको ३ बर्षपछि सन् १९४७ नोभेम्बर २० मा बिबाह बन्धनमा बाँधिनुभयो । एलिजाबेथसंगको बिबाहसंगै प्रिन्स फिलिपलाई ड्युक अफ एडिबराको उपाधि मिलेको हो । सन् १९५३ मा एलिजाबेथले ताज पहिरिंदाको दृश्य विश्वभरको टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । उहाँ नै विश्वको पहिलो महारानी हो, जसले कमनवेल्थ देशका भ्रमण गर्नुभएको थियो । विश्व युद्धमा बेलायतलाई पतन हुनबाट जोगाउन एलिजाबेथले निर्वाह गरेको अहम भूमिकाको विश्वले वाहीवाही गरेको थियो ।

महारानी एलिजाबेथको जीवनकालमा सन् १९९७ साल निकै नै दुखदायीपुर्ण रह्यो । सोही वर्ष राजकुमार चाल्र्स र राजकुमारी डायनाबीचको सम्बन्ध बिच्छेद अनि सोही सालमा डायनाको निधनले बेलायती जनता शाही परिवारप्रति आक्रोशित भए । घटनाको दोष एलिजावेथको काँधले धान्नुप¥यो । जे जस्तो परिस्थितिको डटेर सामना गर्ने उहाँँको बानीले बेलायतको राजसंस्था झनझन पूज्य बन्दै गयो ।

जनमत कदर गर्ने राजपरम्पराको स्वधर्मकै कारण महारानीको निधन बेलायत मात्र नभई विश्वकै लागि अनिष्ट खबर बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४