Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसले गर्यो प्रत्यक्ष तर्फ पाँच र समानुपातिकमा ९ जनाकाे नाम सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 4.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा एक र प्रदेश सभा २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

नेपाली काँग्रेसको शनिवार पार्टी सभापति पूर्णबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टी सभापति सहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्यमा र ९ जनाको नाम समानुपातिक तर्फ जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव दीपक खड्काले जानकारी दिए ।

खड्काका अनुसार काँग्रेसले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), पूर्व पार्टी सभापति रामचन्द्र खडका, कुमार श्रेष्ठ, एकराज बस्नेत र नारायण बहादुर बोगटीको नाम जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाएको छ ।

त्यसैगरी संघको निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, ग्याल्जे लामा (शेर्पा), पुर्व महाधिवेशन प्रतिनिधिहरु मुक्त बहादुर महते, डा.सुमन कर्माचार्य र विद्यासागर योञ्जन रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ नै सुरेन्द्र कुमार घिसिङ, हिमाल दास श्रेष्ठ, मञ्जु पुर्वे र शुसिला मिश्र रहेका छन् ।

यसैगरी दुईवटा प्रदेश सभा रहेको रामेछापमा नेपाली काँग्रेसवाट ६४ जनाको नाम प्रदेश सभा सदस्यको लागि पार्टीले सिफारिस गरेको छ । प्रदेश सभाको लागि पार्टीवाट धेरै नेताहरुले आकाक्षा राखेपछि पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत नाम सिफारिस गर्न सकेन । जसका कारण पार्टी कार्यालयमा उम्मेदवारले पेश गरेजति सबैको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४