Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय सरकारलाई बलियो बनाए मात्रै देश विकास हुन्छ : राज्यमन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 8.2K
    SHARES

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने उहाँले बताउनुभएको हो ।

उहाँले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुति हुनेगरी गर्न प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका विचमा प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारले रोजगारमुलक र व्यवसायमुलक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उत्पादनमुलक उद्योगहरुको स्थापना गर्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले ऐन, नियम तथा कानूनहरु बनाउँदा नयाँ औद्योगिक क्षेत्रहरुको स्थापना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले संघीयता प्रयोगकै चरणमा रहेको भन्दै धेरै कानूनहरुलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । चुनावको घोषणा भइसकेकाले आगामी संसदले बाँकी रहेका कानूनहरु निर्माण गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४