Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ १९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १९ २०७९
  • 2.2K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ १९, २०७९ । ई.सं. ४ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । आइतबार भाद्र शुक्लपक्ष । तिथि- अष्टमी ७:३६ बजेदेखि नवमी, २९:२० बजे उप्रान्त एकादशी । नक्षत्र- ज्येष्ठा, १९:५३ बजे उप्रान्त मूल । योग- विष्कम्भ, १३:४३ बजे उप्रान्त प्रीति । करण- वव ७:३६ बजेदेखि वालव, १८:२९ बजे उप्रान्त वणिज । चन्द्रराशि वृश्चिक । आनन्दादि योग काण । दिनमान ३१।२९ । सूर्योदय ५:४४ । सूर्यास्त १८:२० । अष्टमीव्रत, गोरखकालीपूजा, राधा अष्टमी, काया अष्टमी, कागेश्वरी मेला, लपु दशमहाविद्या पूजा, आदु:ख नवमीव्रत ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले पनि झुक्याउन सक्छन्। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या पर्नेछ। लगानी धेरै भए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा आवश्यक सहयोग जुट्नेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुनेछ। प्रियभेट हुनुका साथै रमाइलो यात्रा पनि हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बलजफ्तीले हानि पुर्याउनेछ भने बुद्धिको उपयोग गर्दा काम बन्नेछन्। शत्रुहरूले छिद्र खाेतल्ने प्रयास गर्नेछन्। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा कमजाेरीकाे समय छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदै हुनेछ। प्रतिस्पर्धीहरूले अलि अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। तापनि हिम्मतले काम लिँदा सामान्य लाभ उठाउन सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइ नजिकिनेछन् र प्रशंसकहरू बढ्नेछन्। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पेसा र व्यापारमा प्रशस्त फाइदा हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
इच्छाशक्ति बढ्नुका साथै रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। आफन्तसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। तापनि सहयोग गर्नेहरू भेटिनेछन्। काममा लगानीको समय छ। समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ र काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको हरहिसाब नमिल्नाले साझेदारीमा वादविवाद हुन सक्छ। ठूलो भागको मोहले समस्या निम्त्याउला। बलजफ्ती काम गर्ने बानीले अप्ठ्याराे पर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि, कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। आम्दानी कम भए पनि चुनौती पन्छाउन सकिनेछ। व्यापारमा सामान्य लाभ हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछिसम्म फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४