पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले ठूलो सङ्ख्यामा करारको कर्मचारी माग गरेको छ ।
गाउँपालिकाले सूचना प्रकाशन गरी एकै चरणमा ६७ जना करारको कर्मचारी माग गरेको हो । गाउँपालिकाले जारी गरेको सूचनामा गत भदौ १५ गते बसेको गाउँकार्यपालिको बैठकको निर्णय अनुसार करारको कर्मचारी राख्न सूचना प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले इन्जिनियर सातौँ १ जना, सूचना तथा प्रविधि अफिसर सातौँ १ जना, रोजगार संयोजक सातौँ १ जना, सबइन्जिनियर पाँचौँ १ जना, प्राविधिक सहायक पाँचौ १ जना, रोजगार सहायक पाँचौ १ जना, प्राविधिक सहायक कृषि पाँचौँ १ जना, प्राविधिक सहायक पशु पाँचौँ १ जना र हेल्थ असिस्टेन्ट पाँचौ ४ जना,अहेब चौथो ६ जना, अनमी चौथो ७ जना, नायब सहयाक कृषि चौथो २ जना, नायब प्राविधिक सहायक पशु चौथो २जना, सहायक कम्प्युटर अपरेटर चौथो ८ जना , असिस्टेन्ट सबइन्जिनियर चौथो ४ जना कर्मचारी माग गरेको छ।
त्यसैगरी गाउँपालिकाले ६७ जनामध्ये श्रेणी विहीन २२ जना कार्यालय सहयोगी र ४ जना हलुका सवारी चालक कर्मचारी माग गरेको छ । गाउँपालिकाले माग गरेको कार्यालय सहयोगी र हलुका सवारी चालक कर्मचारीले लिखित परीक्षा दिनुनपर्ने गाउँपालिकाले जारी गरेको कर्मचारी मागको सूचनामा उल्लेख गरिएको छ।
( हेर्नुहोस सूचना )

