Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठवन्धनका उम्मेदवार जिताउन एक भएर लाग्न लेखकको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन एक भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस रामेछापको प्रशिक्षण बिभागले आयोजना गरेको जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रम पछी बोल्दै गठवन्धनका उम्मेदवार जिताउन एक भएर लाग्न आग्रह गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै लेखकले आगामी निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा ५ दलिय गठवन्धन एक भएर जाने वताएका छन् । निर्वाचनका लागि कुन दलको कुन उम्मेदवार हुने भन्ने कुरा मुख्य कुरा नभएर कसरी गठवन्धनको उम्मेदवारलाई विजय गराउने भन्ने कुरा मुख्य रुपमा मानेर सवैले संगठनमा जुटनुपर्छ ’लेखकले भने ।

नेपाली काँग्रेस रामेछापको जिल्ला प्रशिक्षण शाखाद्वारा मन्थलीमा आयोजित जनप्रतिनिधिको सम्मान तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै लेखकले आगामी निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि जनप्रतिनिधिको भूमिका उल्लेखनिय रहेको वताए । उनले नागरिकको प्रत्यक्ष पिरमर्का वुज्ने काम तल्लो तहमा रहेर काम गर्ने जनप्रतिनिधिको भएकाले जहिले पनि नागरिकको समस्यालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने लेखकको तर्क थियो – तिनै कामले जनतालाई पार्टी संग नजिक पार्ने काम गर्छ । उनले काँग्रेस नेतृत्वको सरकारले गरेका उल्लेखनिय कार्यहरुको चर्चा गाउँगाउँमा गर्नुपर्ने वताए ।

जिल्ला प्रशिक्षण शाखाका संयोजक तथा जिल्ला उप सभापति लेखवहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) र पूर्व जिल्ला सभापति लबश्री न्यौपानेले विगतमा तितामिठा कुरा भएपनि निर्वाचनमा एक भएर जाने वचनवद्धता जाहेर गरे । हाम्रा साना तिना कुरा सवै विर्सेर निर्वाचनमा विकास र परिवर्तनको संवाहक काँग्रेसलाई विजय गराउनका लागि सवै कार्यकर्ताहरुले लाग्नुपर्नेमा उनीहरुले जोड दिए । दुई बेग्ला बेग्लै समूहको नेतृत्व गरेर हिडेका कान्छाराम र न्यौपाने विच केहि दिन अघी मात्र केन्द्रीय प्रतिनिधिको रोहबरमा भएको बैठकमा सहमति कायम भएको थियो । उक्त सहमति पछि आयोजित उक्त प्रशिक्षणमा जिल्लाका प्राय सवै नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का ( दिनेश ) र उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्रि सुनुवार र दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरलाई सम्मान गरीएको थियो । कार्यक्रममा काँग्रेसका तर्फबाट विजयी जिल्लाका २४ वडा अध्यक्ष र वडा सदस्यहरुलाई समेत सम्मान गरीएको थियो ।

सम्मान तथा अभिमुखीकरण कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले आ-आफ्ना धारणा राखेका थिए । त्यसैगरी पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, नेताहरु कृष्णवहादुर महत, ध्रुवहरी ढुंगेल , कल्पना खड्का लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४