काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै नेता पोखरेलले भने आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र आफुहरुले बहुमत ल्याएरै छाड्ने दाबी समेत गरेका छन् ।
उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरू सुरक्षित रहेको जिकिर गरेका हुन् ।
त्यस्तै एमाले,नेता पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने आफ्नो धारणा राखेका छन् । उनले स्थानीय निर्वाचनमा जनताको लोकप्रिय मत प्राप्त गरेर देखाएको र कतिपय सिट उम्मेदवारी सम्बन्धी व्यवस्थापकीय कमि कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दाबी समेत गरेका छन् ।
कार्यक्रममा नेता पोखरेलले निष्पक्ष ढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह समेत गरेका छन् ।