बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ हरिचन मोडमा यात्रु बहाक बस दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज (शुक्रबार) बिहान करिब ५ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएकाे छ ।
४५ जना यात्रु सवार बस सडकबाट करिब ५ मिटर तल खसेको हाे । दुर्घटनमा मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भएको छ ।
साे दुर्घटनामा सबै यात्रुको उद्धार गरिएको उहाँले हाम्रो प्रतिनिधिलाई बताउनु भएको हो । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे उहाँले बताउनुभएकाे छ । बसको स्टेरिंग फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।