Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थकाली खानाका लागि चर्चित ६ भोजनालय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १६ २०७९
  • 17.1K
    SHARES

काठमाडौं । नेपाली समाजमा एउटा भनाइ छ”भोक मीठो कि भोजन ?”यसले भोक लागेपछि जस्तोसुकै भोजन पनि मीठो हुन्छ भन्ने संकेत गर्छ । तर तपाईंको अघिल्तिर जब तात्तातो थकाली खाना आइपुग्छ तपाईंको भोक जगाइदिन्छ । त्यसबखत तपाईंले भन्नुपर्ने हुन्छ, ‘भोक होइन, भोजन नै पो मीठो ।’

फापरको ढिंडो वा रसिलो भात, जिम्बुले झानेको कालो दाल, पीरो मुस्ताङे आलु, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, टिमुरको पीरो छोप अनि चिसो मोही । यस्तो खान्कीले कसको पो भोक जगाउँदैन र ?

यहाँ त्यस्तै भोजनालयको चर्चा गरिएको छ, जसले आगन्तुकका लागि स्वादिलो थकाली खाना पस्कन्छ ।

  • जिम्बु थकाली, टंगाल

काठमाडौंमा थकाली खानाका लागि नामी भोजनालय हो, जिम्बु थकाली । टंगालमा रहेको यस भोजनालयले भेज तथा ननभेज थकाली परिकार पस्किंदै आएको छ । यहाँको थालीमा दाल, च्याउ, करेला, मौसमी तरकारी, साग, गोलभेंडा र मूलाको अचार, सलाद, दही समावेश हुन्छ । त्यसबाहेक तपाईं मांसाहारी हुनुहुन्छ भने खसी, कुखुरा, माछा पनि मिसाउन सक्नुहुन्छ ।

यहाँ भेज खानाको ४६० रुपैयाँ पर्छ भने कुखुराको मासुसँग ५२० रुपैयाँ तिर्नुपर्छ । यसैगरी माछासँग खाना खानुभयो भने ५९० रुपैयाँ लाग्छ । खसीको मासुसँग खाना खाएको ७२० रुपैयाँ खर्च गर्नु पर्छ ।

जिम्बु थकालीका सुपरभाइजर बुद्ध श्रेष्ठका अनुसार यहाँको खानामा सधैं एकरुपता हुन्छ । साथै ताजा र शुद्ध पनि हुन्छ। ग्राहकका लागि जिम्बुको ढोका बिहान ९ बजेबाट खुला हुन्छ । राति ९ बजेपछि बन्द हुन्छ । यहाँ परिवारसहित खानपान र जमघट गर्न सकिन्छ । पार्किङको राम्रो व्यवस्था गरिएको छ ।

  • लेते थकाली किचेन, टंगाल

मुस्ताङको हिमखोला लेतेबाट यस भोजनालयको नामकरण गरिएको छ । टंगालमा अवस्थित लेते थकाली खानाका लागि सही गन्तव्य पनि हो ।

यहाँ भेज खानाको ३ सय रुपैयाँ लाग्छ । यसैगरी कुखुराको मासुसँग खाना खाएमा ४५० रुपैयाँ लाग्छ भने खसीको मासुसँग ५ सय रुपैयाँ लाग्छ। ग्राहकका लागि लेते थकाली किचेनको ढोका बिहान ९ बजे खुल्छ र राति ९ बजेपछि मात्रै बन्द हुन्छ ।

  • थकाली भान्साघर, ठमेल

ठमेलमा रहेको थकाली भान्साघरले ग्राहकको स्वाद र रुचिलाई मध्यजनर गर्दै थकाली परिकारहरु पस्किरहेको छ ।

थकाली भान्साघरका सञ्चालक जगत शेरचन आफूहरुले मौलिक थकाली थालीमा हुने सबै परिकार पस्किरहेको बताउँछन् । ‘हामीले थकालीको नाम होइन, स्वाद पस्केका छौं,’ उनी भन्छन्, ‘यहाँको खानाले ग्राहकहरु सन्तुष्ट छन् ।

यहाँ पनि भेज, ननभेज दुवैथरी खाना पाइन्छ । भेज थालीमा दाल, भात, तरकारी, साग, गुन्द्रुक, अचार, दही, आलु, करेला आदि समावेश हुन्छ । मासुजन्य परिकारमा कुखुराको मासु, खसीको मासु, माछा, बँदेल छन् ।

यस भोजनालयमा भेज खानाको ३४० रुपैयाँ छ । कुखुराको मासु, बँदेलको मासु, माछाको मासुसँग भात खाएमा ४४० रुपैयाँ लाग्छ । खसीको सुकुटीसँग खाना खाएमा ५४० रुपैयाँ लाग्छ । यदि ग्राहकले ढिंडो खान चाहेमा थप ४० रुपैयाँ दिनुपर्छ ।

थकाली भान्साघर बिहान ९ बजे खुल्छ भने राति १० बजेपछि बन्द हुन्छ ।

  • टुकुचे थकाली किचेन, टंगाल

टुकुचे थकाली किचेन पनि टंगालमा रहेको छ । सञ्चालकका अनुसार टुकुचेले थकालीको मौलिक स्वादलाई कायम राखेको छ । थकाली खानामा समावेश सबै परिकार यहाँको थालीमा उपलब्ध हुन्छ । टुकुचेले भेज खानाको ५५० रुपैयाँ लिने गरेको छ । यसैगरी कुखुराको मासु र माछाको मासुसँग ५८० रुपैयाँ, खसीको मासुसँग ७१० रुपैयाँ लिने गरेको छ ।

बिहान ९ बजे खुला हुने टुकुचे राति १० बजेपछि बन्द हुन्छ ।

  • थकाली भान्साघर, सिनामंगल

लामो समयदेखि सहरवासीलाई थकाली खाना खुवाउँदै आएका छन्, सिनामंगलस्थित थकाली भान्साघरले । यहाँ तुलनात्मक रुपमा सस्तो, ताजा र स्वादिलो खाना उपलब्ध हुने गर्छ । थकाली भान्साघरले भेज खानाको २२५ रुपैयाँ लिने गरेको छ । यसैगरी कुखुराको मासुसँग ३२५ रुपैयाँ, माछासँग ३५० रुपैयाँ र खसीको मासुसँग ४०० रुपैयाँ लिने गरेको छ ।

त्यसो त यहाँ बँदेल, राँगा, बंगुर आदिको मासु पनि पाइन्छ । थकाली भान्साघरको थालीमा दाल, भात, मौसमी तरकारी, साग, गुन्द्रुक लगायत तीनथरी अचार, घिउ, सलाद, पापड आदि समावेश हुन्छ । ढिंडो पनि यहाँ पाइन्छ । सञ्चालक निरज रोकाका अनुसार थकाली भान्साघरले सधैं ताजा र स्वादिलो खाना पस्कने गरेको छ ।

बिहान सात बजे खुल्ने यस भान्साघर राति १० बजे बन्द हुन्छ ।

  • थकाली घरआँगन, महाराजगञ्ज

काठमाडौंको महाराजगञ्जमा रहेको छ, थकाली घरआँगन । यस भोजनालयले आफ्नो थालीमा पूर्णतया थकाली स्वाद पस्कने गरेको सञ्चालक नारायण शेरचन बताउँछन् ।

घरआँगनमा भेज, ननभेज दुवैथरी खाना उपलब्ध छन् । यहाँ कुखुराको मासु, खसीको मासु, माछा आदिसँग खाना खान सकिन्छ । ‘हाम्रो थालीमा थकाली खानामा हुनुपर्ने सबैकुरा समावेश छन  शेरचन भन्छन्, ‘साथै अर्ग्यानिक स्वस्थ पनि पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४