Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाअभियोगलाई संसद पुनर्स्थापनासँग जोड्दै जबराले सोधे, ‘दण्डित भए सबै हुनुपर्दैन ?’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् ।

सांसदहरुको एक एक प्रश्नको जवाफ दिइरहेका प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग जोडेका छन् । उनले कारबाही गर्ने भए पाँचै जनामाथि गर्नुपर्ने भन्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण माग गरेका छन् ।

२८ गते (प्रतिनिधिसभा पुनर्स्थापना भएको दिन) अगाडि मैले के गरे ? २८ गते पछि मैले के गरे ? र म माथि प्रस्ताव ( महाअभियोग) आयो ?’ उनले प्रश्न गरे ।

उनले आफूबाहेक प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको पनि स्मरण गरे । जबराले भने, ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’

सांसद यशोदा सुवेदी गुरुङले फैसला विवादास्पद भएको र त्यस विषयमा चेक एण्ड ब्यालेन्स गर्ने अधिकार संसदलाई भएको बताइन् । ‘तपाईंलाई चेक एन्ड ब्यालेन्स गर्न पाउने संसदको अधिकार नै हो । यहाँ उठेका प्रश्नलाई कसरी लिइरहनुभएको छ ?’ उनले प्रश्न गरिन् ।

जवाफमा जबराले आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थता बुझाउनु आफ्नो दायित्व भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४