Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद बस्नेतको आपत्तिजनक बोली : बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 8.9K
    SHARES

काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उक्साएका हुन् ।

युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन् । ओली प्रधानमन्त्री रहेका बेला दलफुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए ।

बस्नेतले बालेन लक्षित गर्दै आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४