काठमाडाैँ । हिन्दु नेपाली महिलाहरू हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ ।
१४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ । अहिले यहाँ व्रतालु महिलाहरू पूजाआराधना साथै नाचगान गरिरहेका छन् । तीजलाई साथीसंगी र माइती पक्षसँग भेटेर मनको बह पोख्ने तथा रमाइलो गर्ने चाडको रूपमा पनि लिइन्छ ।









