Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीज व्रत : शिवालयहरूमा श्रद्धालु महिलाको घुइँचो (तस्बिरहरू)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज देशभर हिन्दुनारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले  पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने विश्वास रहँदै आएको छ ।

यस्तो छ कथा 

पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो समस्या साथीहरूलाई सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसिन् र महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती, साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको जनविश्वास छ ।  संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

तस्बिरमा हरितालिका तिजमा गोकर्णेश्वर महादेवमा भगवान् शिवको पूजाआराधना गर्दै श्रद्धालुहरू :-

            

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४