Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ १४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 2.7K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ १४, २०७९ । ई.सं. ३० अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । मंगलबार भाद्र शुक्लपक्ष । तिथि- तृतीया, १४:३० बजे उप्रान्त चतुर्थी । नक्षत्र- हस्त, २३:५३ बजे उप्रान्त चित्रा । योग- शुभ, २५:११ बजे उप्रान्त शुक्ल । करण- गर १४:३० बजेदेखि वणिज, २६:१६ बजे उप्रान्त वालव । चन्द्रराशि कन्या । आनन्दादि योग सौम्य । दिनमान ३१।४९ । सूर्योदय ५:४२ । सूर्यास्त १८:२५ । हरितालिका (तिज) व्रत, मन्वादी, चन्द्रदर्शनदोष (चथा:) ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि लाभ हुनेछ। व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। स्वार्थका लागि धाउनेहरूबाट धोका हुनेछ। मुख्य भूमिका निर्वाह गर्दागर्दै पनि अरूको छायामा परिएला। आगन्तुकले समेत अलमल्याउने हुँदा लक्ष्यमा पुग्न समय लाग्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि आवश्यक भौतिक साधन जुट्नेछन्। मिहिनेत परे पनि श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। नियमित काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ। आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि विशेष फाइदा हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तत्काद काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। शारीरिक कमजोरीले आँटेकाे काम राेकिन सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। मिहिनेतले उपलब्धि दिलाउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४