Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १३ २०७९
  • 4.3K
    SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए ।

भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरुलाई साझा धारणा बनाउन आग्रह गरेको उनले बताए । यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । राष्ट्रपति भण्डारीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेका प्रमख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित सङ्घीय संसद्मै फिर्ता पठाएका थिए ।

विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४