Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने – नागरिकता विधेयक ओली सरकारको अध्यादेशजस्तै छ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १३ २०७९
  • 4.6K
    SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका पदाधिकारीहरूले भेट गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो २ बजे प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र कांग्रेस नेताहरूसँग शीतल निवासमा भएको भेटमा उनले नागरिकता विधेयकका विषयमा चासो राखेकी हुन् ।

राष्ट्रपतिको जिज्ञासामा प्रधानमन्त्री देउवाले पूर्व सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक ल्याएको बताएको भेटमा सहभागी एक नेताले बताएका छन्  ।

उनले भने, ‘नागरिकताको बारेमा उहाँ (राष्ट्रपति) का केही जिज्ञासाहरू थिए। प्रधानमन्त्रीले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको प्रस्ट पार्नुभयो । त्यस्तै राष्ट्रपतिले आवधिक निर्वाचनबारे समेत चासो राखेकी थिइन् । भेटका क्रममा राष्ट्रपति भण्डारीले निष्पक्ष चुनाव होस् भन्ने सदिक्षा व्यक्त गरेकी थिइन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितका नेताहरु  शीतल निवास गएका थिए ।

यसअघि संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेकी थिइन् । त्यसपछि प्रतिनिधि सभाले उक्त विधेयक हुबहु पारित गरेको थियो । विधेयक अहिले राष्ट्रियसभामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४