Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयकमाथि पुनर्विचार गर्न विधायन समितिको बैठक आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 4K
    SHARES

काठमाडौं । नागरिकता विधेयकमा पुनर्बिचार गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान भएको छ । समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रका अनुसार सोमबार मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको छ ।

‘कसैले बाहिरका विज्ञहरु समेतलाई बोलाउनुपर्छ भनेका छन् । कसैले के भनेका छन् । अनेक कुरा गरेका छन् । तर, मैले समितिमा रहेका १५ जना सदस्यहरु राखेर ब्यापक छलफल गराएर पारित गर्ने सोचेको छु’ मिश्रले जन प्रहारलाई भने ।

आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्बिचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा आएको १० दिनपछि यो विधेयक अगाडि बढेको छ । अब धेरै ढिलो गर्ने सोच नरहेको विधायन व्यवस्थापन समितिका जेष्ठ सदस्य मिश्रले बताएका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १६ गते राखिएको छ । सोही बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र पारित गर्ने स्पिृटमा काम गर्ने योजना रहेको पनि उनले सुनाए । उनी भन्छन्, ‘सकभर १६ गतेको बैठकबाट यो विधेयकलाई टुंग्याउनुपर्छ । समय घर्किइसकेको हुनाले चाँडै गरौं भन्ने इच्छा छ ।’

विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । कांग्रेसबाट ३ जना सदस्य (जेष्ठ सदस्य मिश्रसहित जितेन्द्र नारायण देव र प्रकाश पन्थ) छन् ।

नेकपा माओवादी केन्द्रबाट ४ जना सदस्य (गंगा कुमारी वेल्वासे, तारामान स्वार, सुरेश कुमार आलेमगर र राधेश्याम पासवान) छन् । एमालेबाट ३ जना सदस्य (देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ) छन् । राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौडयाल एमाले निकट मानिन्छन् ।

नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्य (डा. बेदुराम भुसाल र उदय बहादुर बोहरा) छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि नेकपा एकीकृत समाजवादी निकट नेता हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४