Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थुनुवा छुटाइदिने भन्दै ५० हजार लिएको आरोपमा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 2.6K
    SHARES

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहेकालाई छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत छन् ।

उनी स्वय‌म् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन । बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरुलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए ।

तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई उक्त कुराको जानकारी गराएका हुन् । अनुसन्धान गर्दै जाँदा धरौटीमा छुटेका बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनले बस्नेतलाई शनिबार प्युठानबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४