Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“महेश बस्नेतले मेयर बालेनलाई भने,”जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै अधिकार छैन”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 8K
    SHARES

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फेरि गाली गरेका छन् ।

मेयर साहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै नेता बस्नेतले विरोध गरिरहेका छन् ।

उनले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित छन् । उनले सामाजिक सञ्जालबाटै पटक पटक मेयर साहको आलोचना गरिरहेका छन् ।

शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति आक्रोस पोखेका छन् । उनले बालेन्द्र र उनका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिएका छन् ।

भक्तपुरमा भएको कार्यक्रममा नेता बस्नेतले भने, ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला ।

वर्षौंदेखि मेहनत गरेर, दु:ख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४