Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ : डा.शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिट भन्दा कम लिएर गठबन्धन मार्फत निर्वाचनमा जान नसकिने बताएका छन्।

अहिले देशको प्रतिकुल अवस्था रहेकाले गठबन्धनलाई स्विकारेर निर्वाचनमा जानू परेको समेत प्रष्ट पारे। कोइरालाले भने-“कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानू परेको हो।”

नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे। उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु- डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला पुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पुर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४