काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज वनस्थली क्षेत्रकाअवैध र अनधिकृत संरचना भत्काएको छ ।
आज बिहान वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहेका ७ वटा टहरा महानगरले भत्काएको हो ।
महानगरकाअनुसार सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेँसी भत्काइएको छ । अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुन: आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।