काठमाडाैँ । रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारबिरुद्ध भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुनुवारले गाउँपालिकाको विकास निर्माणसंगै सो गाउँपालिकाभित्र निर्माणाधिन जलविद्यु आयोजनाबाट कर्मचारीहरुको मिलेमतोमा भ्रष्टचार तथा घुस लिएको भन्दै अख्तियारमा गत आइतबार सि ००८८४५र०१५२६२३८५ नम्बरको उजुरीमा मुद्दा दर्ता भएको जन प्रहारलाई जानकारी प्राप्त भएको छ ।
गाउँपालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको वडा नं. १ गुम्देलदेखी गाउँपालिकाको वडा नं. ७ भुजीसम्मको जोड्ने मद्यमार्गी सडक निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन प्रा.लि.संग रु – १० लाख घुष लिएको, सो रकम अध्यक्ष सुनुवारका ड्राइभर गाउँपालिककै वडा ६ निवासी नेत्र बहादुर सुनुवारको नामको नेपाल इन्भेष्टमेण्ट बैंक लि. मिति अंग्रेजी महिना मार्चमा खाता नं. ००४०५०८०००९२३५ मा रकम जम्मा गरी दिएको, सो उक्त कुरा मोतिदान कन्स्ट्रक्सन प्रा.लि.का संचालक विकास गौतमसंग बुझदा उक्त मध्यमार्गी सडकको निर्माण कार्य सम्पन्न भई गाउँपालिकामा विल पेश गरी विल वापतको रकम भुक्तानी माग गरेकोमा गाउँपालिकाका अध्यक्षले रकम भुक्तानी गर्न आलटाल गरेको र विल वापतको रकमको चेक माग गर्दा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रु १० लाख घुस मागेको जवाफ स्पष्ट दिएको उजूरीमा उल्लेख गरि मुद्दा दायर गरिएको छ ।
त्यस्तै अध्यक्ष सुनुवारले रामेछाप जिल्लाको गुम्देल, बाम्ती र सोलखम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको बीचमा अवस्थित लिखु नदीबाट विद्युत उत्पादन गर्ने दुगड हाइड्रोपावर र गाउँपालिकाको अन्य विकास निर्माणको बजेटबाट कमिसन लिने कार्य गर्दै आएको समेत उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाले आ.व. ०७९-८० मा उक्त गाउँपालिकाको विभिन्न वडामा खानोपानीका लागि पाईप खरिदको लागि बोलपत्र आह्वान गरी आफ्नै साला नाता पर्ने व्यक्तिको नाममा बोलपत्र स्वीकृत गरेको, थोरै मात्रामा गुणस्तरहिन पाईप खरिद गरेर बाँकी पाईप खरिद नगरी रकम सम्पुर्ण निकासा गरी उक्त रकम गाउँपालिकाका अध्यक्ष र उनका आफन्ता मिली भ्रष्टचारजन्य कार्य गरेको पनि उजूरीमा उल्लेख गरिएको छ ।
उमाकुण्डका गाउँपालिका अध्यक्ष सुनुवारले रु -१० लाख घुष खाएको ठेकेदारद्वार खुलासाः वडा अध्यक्ष बस्नेत भन्छन् रु – १० लाख लेखेको ‘पेपर’ देखे
त्यस्तै कृषि शाखा र पशु शाखामा छुटयाईएको बजेटबाट कृषि तथा पशु सामाग्री खरिदका लागि बोलपत्र आह्वान गर्नु पर्नेमा बोलपत्र आह्वानै नगरी गाउँपालिकाका अध्यक्ष र कर्मचरीहरुको मिलेमत्तोमा आफूखुशी सामाग्री खरिद गरी कर्मचरीले नै बिल भपाई बनाई कृषकहरुबाट कमिशन लिने तथा सामान खरिदमा भ्रष्टचार गर्ने कार्य भएको भन्दै मुद्दा दर्ता गरिएको उजुरी कर्ताको दाबी छ ।