Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १० २०७९
  • 3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची छ ।

यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४