काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।
अवैध संरचना हटाउन रञ्जना गल्लीमा छिर्यो महानगरको डोजर
काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।
महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यसअघि नै यस्ता संरचना भत्काइसकेको छ । मेय बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।