Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेरो उम्मेदवारी रहन्छ : कांग्रेस नेता भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता झपडराज भण्डारीले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । भण्डारीले जन प्रहारसंग कुरा गर्दै अब मंसिर ४ गते हुने संघिय संसद वा प्रदेश संसदमा आफ्नु उम्मेदवारी रहने बताएका छन् ।

जिल्लाको राजनितिमा लामो योगदान रहेको भन्दै पार्टीको नेताले आफुलाई यस पटक न्याय दिनेमा आफु बिश्वस्त रहेको बताएका छन् । सरल र मिलनसार त्यागी नेताको रुपमा जिल्लामा पहिचान बनाउन सफल नेता भण्डारी नेपाली कांग्रेस रामेछापका हाल महाधिबेसन प्रतिनिधी समेत रहेका छन् ।

बि.स २०११ सालमा साविक प्रिति गाउँविकास समिती ४ मा जन्मिएका भण्डारी २०३६ साल देखी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर काम गरिरहेका छन् । राजनीती बाहेक कुनै पेशा व्यवसायमा नलागी जिल्लाको राजनीतीमा ४३ वर्ष बिताएको भण्डारीले बताएका छन् । भण्डारी आफु २०३६ सालको जनमत संग्रह देखी सक्रिय राजनीतीमा लागेको बताउछन् ।

२०४६ सालको आन्दोलनमा ७ दिन २०६२/०६३ को आन्दोलनमा पहिलो पटक ९० दिन र दोस्रो पटक १९ दिन गरी १ सय १६ दिन प्रहरी हिरासतमा समेत रहेको बताएका छन् । कांग्रेसको राजनीतीमा लागेको भन्दै तत्कालीन नेकपा माओवादीले २०६२ साल असोज २६ गते घर जग्गा कब्जा गर्दा समेत निरन्तर राजनीतिमा लागेको भण्डारी बताउछन् ।

नेता भण्डारी २०४८ सालको गाउँ विकास समितीको अध्यक्ष हुदै रामेछाप क्षेत्र न १ को क्षेत्रिय सभापती जिल्ला कार्यसमिती सदस्य जिल्ला उपसभापती र कार्यबहाक सभापती हुदै महाधिबेशन प्रतिनिधी समेत भइ सकेका छन् । भण्डारी आफु पार्टीको राजनीतीमा लामो समय लागेको कारण जिल्लाको नेता तथा कार्यकर्ताको साथ र सर्मथन रहेको जिल्लाको समग्र विकास निमित आफ्नो उमेरद्वारी रहने बताएका छन् ।

भण्डारीले भने मेरो उम्मेदवारी संघमा वा प्रदेशमा कुनमा हुन्छ अहिले भन्न नसके पनी संघ र प्रदेश मध्य एकमा रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४