Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ने.काँ.रामेछाप र के.एम.सी.अस्पताल बीच सहमतिः रामेछापका विरामीलाई २५ % छुट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेस रामेछाप र केएमसी (काठमाण्डौ मेडिकल कलेज) अस्पताल काठमाण्डौमा रामेछापका विरामीले उपचार गराउँदा लाग्ने खर्चको बढीमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन् । नेपाली काँग्रेस रामेछापको पहलमा जिल्लाका विरामीहरुले केएमसीमा उपचार गराउँदा बढीमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको हो ।

नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) र काठमाण्डौ मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्मा बीच भएको सहमती अनुसार रामेछापका विरामीले केएमसीमा उपचार गराउँदा लाग्ने जम्मा खर्चमा २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था मिलाइएको सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले बताएका छन् ।

छुटका लागि भने केही शर्तहरु तोकिएका छन् । शर्त अनुसार विरामीले उपचार गर्दा लागेको खर्चमा छुट चाहेमा नेपाली काँग्रेस रामेछापको लिखित वा मौखिक सिफारिस गराउनु पर्ने छ । छुटको लागि विरामी वा विरामीका आफन्तले नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सदस्य दिपेन्द्र खड्का मार्फत छुटको सिफारिस लिन सकिने व्यवस्था मिलाइएको सभापति तामाङले बताएका छन् ।

विरामीको सहजताको लागि पार्टीले आफूलाई समन्वय गर्ने जिम्मेवारी दिएकाले विरामीहरुको सबै काम टेलिफोन मार्फत हुने दिपेन्द्र खड्काले बताएका छन्  । खड्काले विरामी वा विरामीका आफन्तले ९८५१००१८४३ मा सम्पर्क गरेर सुविधा लिन सक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४