Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिरासतमा मृत्यु प्रकरण : परिवारका २ जनालाई रोजगारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ४ २०७९
  • 4.8K
    SHARES

काठमाडौँ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र परिवारबीच शुक्रबार भएको छलफलपछि उक्त सहमति भएको हो ।

डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो ।

यस्तै परिवारले माग गरेको २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ । लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको कार्यालयले जनाएको छ । सहमतिपछि शव पोस्टमार्टमका लागि शुक्रबार नै कर्णाली प्रदेश अस्पतालमा पठाइएको थियो । पोस्टमार्टमपछि आफन्तले शनिबार शव बुझेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ।

घटनाका विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेका छन् । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले पहिलो दिन कार्यालयमै पुगेर आन्दोलन गरेका थिए । वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय लामिछानेको कार्यालयमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४