Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैकिङ कसूर मुद्धामा ४२ लाख जरिवाना तोकिएर फरार रहेका रामेछापका बुढाथोकी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३ २०७९
  • 2.9K
    SHARES

पुष्कर खड्का

रामेछाप । बैंकिङ कसुर मुद्दाका फरार रहेका रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन ।

पक्राउ परेका बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनि जानी-जानी पीडितलाई झुक्यानमा पारी
सेञ्चुरी बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

उच्च अदालत पाटनको बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले कोटेश्वरबाट पक्राउ गरेको हो

पक्राउ परेका बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतको अादेशले डिल्लीबजार कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४