Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर पक्षको खबरदारी सभा : ४० प्रतिशत नदिने भए सबै राख


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले न्यायोचित हिस्सेदारीको माग गरेको छ । संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु सभापति देउवा समूहविरुद्ध खनिएका हुन् ।

भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् ।

केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरे । ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले चेतावनी दिँदै भने, ‘दिने भए न्यायपूर्ण तरिकाले देउ । होइन भने तिमीले नै सबै राख ।’

सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमेत नगरिएको आपत्ति जनाएका थिए । भ्रातृ तथा पार्टीमा मनोनित गर्दा ४० प्रतिशतको हिस्साको हकदार आफूहरु रहेको नेताहरुको दाबी थियो ।

पार्टीलाई सबैको साझा बनाउनुपर्नेमा सभापति एक्लै हिड्न खोजेको उनीहरुको गुनासो थियो । संस्था र शसक्त कांग्रेस बनाउने पक्षमा हामी पनि छौं । ‘नेतृत्वमा बसेकाले म नै सबैभन्दा जान्ने हुँ । मैले भनेकै सत्य हो, त्यही मान्नुपर्दछ । अधिनायकवादी सोंच नेतृत्वमा छ ।’ नेता केसीले भने ।

सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला सहभागी थिए । साथै नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिह केसी पनि उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४