Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी साधनमा छुटेको १६ लाख ६४ हजार बराबरको सामान ट्राफिक प्रहरीद्वारा फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरका सामान ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनी निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा सिसी क्यामेरासमेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाइसकेको छ ।

सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ ।

सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ । सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरण सहित निवेदन दिन सकिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४