Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहार फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीय बीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।

‘स्थानीयको अवरोध खुलाउन हामी आफैं फिल्डमा छौं । प्रहरीको सुरक्षा घेरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा खसिरहेको छ । स्थानीयको अवरोध हटाएर फोहोर फाल्ने काम भइरहेको छ’ मैनालीले जन प्रहारलाई भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४