Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयक जस्ताकाे तस्तै फिर्ता पठाएर सरकारले घमण्ड देखायाे : ओली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताइएका छन् ।

बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसद्ले एक पटक विचार गरोस् भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेको र घमण्डीपन देखाएको बताएका हुन् ।

यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताएका छन् । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरूको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताएका छन् ।

अहिले आफूलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने कांग्रेसको विचार शून्य रहेको र अरू दललाई साथमा नलिई अघि बढ्न नसक्ने अवस्थामा पुगेको तर्क गरेका छन्  । त्यस्तै, माओवादीले पार्टीको स्वरूप लिन नसकेको टिप्पणी गर्दै उनले प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाएका छन् । ओलीले देशमा स्थिरता ल्याउन एमालेको जीत अपरिहार्य भएको बताएका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगायतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् । ओलीले पार्टीमा आएका नेताहरूलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४