Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३० २०७९
  • 5.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि फोहोरलाई राजनीति गरे ठिक नहुने तर्क गरे ।

काठमाडौंको जनप्रतिनिधिले प्रधानमन्त्री भेट्न चाहेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीले समस्या समाधानको लागि कदम चाल्न आग्रह गरेको पनि सुनाए । थापाले शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको लागि अग्रसरता लिनुपर्ने बताएका छन् ।

‘मन्त्रालयले धादिङ र नुवाकोट प्रभावित क्षेत्रका जनप्रतिनिधि सहित सबै सम्बन्धितलाई एकै ठाउँमा राखेर छलफल गराउनुपर्छ,’ उनले भने, ‘मैले शहरी विकास मन्त्री मेटमणी चौधरीसँग कुरा समेत गरिसकेको छु, उहाँ काठमाडौं बाहिर हुनुहुँदो रहेछ सचिवलाई भन्नुस भनेको छु । तत्काल छलफल अगाडी बढाउनुको विकल्प छैन । अब शान्त भएर एकठाउँमा बसेर निष्कर्शमा पुग्नुपर्छ ।’

अनुगमन संयन्त्र आवश्यक

महामन्त्री थापाले फोहोरको अनुगमन गर्न संयन्त्र आवश्यक रहेको टिप्पणी गरेका छन् । ‘स्थानीय निर्वाचनमा पछि काठमाडौंमा जम्मा भएका फोहोरको विषयमा महानगर र स्थानीयबासिन्दाबीच केहि सम्झौता भए, संघीय सरकारले पनि केहि सम्झौता गर्‍यो । तर कहिलेकाहीं सम्झौता भनेको समयमा चाहेर पनि पूरा गर्न नसकिएला, हाम्रो प्रक्रिया यस्तै छ,’ उनले भने, ‘फेरि वर्षाको समय पनि छ, त्यसकारण एउटा बलियो अनुगमन संयत्र बनाउनुपर्छ भनेर मैले सम्झौताकै बेलामा भनेको थिएँ ।’

थापाले अघि भने, ‘अनुगमन संयन्त्रमा काठमाडौंको पनि, धादिङको पनि सांसदहरु राखौं, अनुमगन पनि भनौं सहजीकरण पनि भनौं । जसले स्थानीय स्तरमा आएका समस्याको गाँठो फुकाउन सकिन्छ । आवश्यकता पर्‍यो प्रधानमन्त्री झकझकाउन सकिन्छ, मन्त्रीलाई भन्न सकिन्छ ।’

संकट परेकोे बेला सम्झौता हुने पछि गएर सम्झौता कुरा यत्तिकै छोडिदिने प्रवृत्तिले समस्या भएको भन्दै थापाले सम्भौताको विषयमा एकठाउँमा बसेर वार्ता गर्नुुपर्ने आवश्यकता रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४