Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवालाई ओलीले भने- बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 5.7K
    SHARES

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने ।

युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए ।

उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि बताए ।

मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए ।

‘बिरामी हुँदा पनि एक्टिभ हुन्छु’

बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको सुनाए । ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ-

छानेर नी होइन, होइन जानीजानी

तर जन्मे नेपालमा कति भाग्यमानी ।’

आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४