Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा आज चासो देखाएकी छन् ।

उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द शर्मा कोइराला बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनाको भोलिपल्ट राष्ट्रपति भण्डारीले सोबारेमा चासो देखाएकी हुन् । ‘राष्ट्रपतिले घटनाको विषयमा चासो राख्नुभएको छ, हामीले स्वाभाविक रुपमा लिएका छौं’ कानुनमन्त्री बन्दीले जन प्रहारसँग भने ‘यस विषयमा हामीले गरेका कामका विषयमा उहाँलाई जानकारी गराएका छौं ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४