Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट विपरीत कर्मचारीको तलब वृद्धि, नासुहरूले थाले चरणबद्ध आन्दोलन

  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २४ २०७९
  • 3.7K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढङ्गले सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको पाइएको छ । सरकारको निर्णयका पछाडि संसदीय समितिको आधार लिइएको छ ।

१५ साउनमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले यस्तो विभेदपूर्ण तरिकाले नयाँ तलबमान गरेको हो ।

गलत तरिकाले तलब वृद्धिको निर्देशन दिन संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ४३ जना उपसचिवहरूले संयुक्त निवेदन दिएका दिए । बजेट भाषणमा सरकार १५ प्रतिशत मात्रै तलब वृद्धि गर्ने घोषणा गरे पनि मर्यादाअनुसार तलब मिलान गर्न भन्दै उद्योग समितिमा उपसचिवहरूले संयुक्त रूपमा आवेदन दिएका हुन् ।

संसदीय समितिमा बसेर सरकारले गरेका गलत कामको नियमन गर्ने काममा भूमिका खेल्ने सङ्घीय संसद् सचिवालयका उपसचिवहरू आफैले गलत बाटोबाट तलब वृद्धिका लागि भूमिका खेलेका हुन् ।

तर, विभेद भएको भन्दै नासुहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेका हुन् ।

सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरूको भेलाले मङ्गलवार देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको हो । भट्टराईले थप आन्दोलनका मङ्गलवार तय हुने बताए ।

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । तर, साउनबाट लागू हुने तलबमानमा अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलब भने २४ प्रतिशतसम्म बढाउने निर्णय भएको हो । यसअनुसार शाखा अधिकृतहरूले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत , सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् ।

१५ साउनमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले यस्तो विभेदपूर्ण तरिकाले नयाँ तलबमान गरेको हो ।

‘१५ प्रतिशत त सबैको बढेकै छ, मर्यादाक्रमअनुसार निर्धारण गर्दा माथिल्ला तहमा अलि बढी तलबमान कायम भयो । मन्त्रिपरिषद्को निर्णयपछि यही तलबमान लागू हुन्छ ।’ एक कर्मचारीले भने ।

मर्यादाक्रममा तल हुने सुरक्षा निकायका कर्मचारीको तलब बढी हुने अवस्था आएपछि माथिल्ला पदमा निजामती कर्मचारीको तलब बजेटको घोषणाभन्दा बढी दरमा बढ्नेछ । यो निर्णयको तल्ला तहका कर्मचारीले विरोध गरेका छन् । सबैको समान ढङ्गले तलब बढाउनुपर्ने उनीहरूको माग छ ।

आन्दोलनमा नासुहरू

तर, संसदीय समिति नै प्रयोग गरेर बजेटले तोकेको भन्दा बढी तलब बढाउनु उचित नहुने मत तल्ला तहका कर्मचारीहरूको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव शिवदत्त बरालका अनुसार उपभोक्ता तथा श्रम समितिको क्षेत्राधिकारभित्र कर्मचारी पर्दछ । ‘कर्मचारी श्रमिक होइन ? कर्मचारी उपभोक्ता होइन ? हो भने यो हाम्रो समितिको कार्यक्षेत्रभित्र पर्छ’ बरालले भने । श्रमिक कर्मचारीहरूले निवेदन दिएपछि वैज्ञानिक आधारमा मर्यादाक्रम अनुसार तलबमान कायम गर्न समितिले निर्देश गरेको उनको जवाफ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४