काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए ।
बैठकले सिट बाँडफाँटका आधारहरूमा स्थानीय तहमा जस्तै पहिले जितेका सिट तत पार्टीले लिने र एमालेले जितको सिटहरू बाँड्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा बढी सिट कांग्रेसले लिने भएको छ । यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने देखिएको छ । तर, कांग्रेस आफूले ८० देखि ९० सिट पाउनुपर्ने अडानमा देखिएको छ ।
गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।
