काठमाडौं । राष्ट्रिय संगितकर्मी संघ नुवाकोटले जिल्लाका सम्पुर्ण नगर तथा गाउँपालिका कार्यसमितिहरुकाे अधिवेशन आउदाे भदाै महिना भित्रमा सम्पन्न गर्न जिल्ला कार्यसमितिका अध्यक्ष र सचिवलाई निर्देशन दिएका छन् ।
संघकाे जिल्ला सचिवालयकाे बैठक शुक्रबार बसेर सबै पालिकाहरुलाई अध्यक्ष दिनेश तामाङ र सचिव करण तामाङले औपचारिक पत्र मार्फत निर्देशन दिएका हुन । नुवाकोटमा दुईवटा नगरपालिका र दस वटा गाउँपालिका मध्ये राष्ट्रिय संगितकर्मी संघले एउटा नगरपालिका साथै आठ वटा गाउँपालिकामा आफ्नाे कार्यसमिति विस्तार गरिसकेको छ ।
साेही कार्यसमितिहरुकाे दाेस्राे अधिवेशन भाद्र महिना भित्र सम्पन्न गरिसक्नुपर्ने भएकोले यही महिनाकै दाेस्राे साता सबै पालिकाकाे अध्यक्ष सचिवलाई बैठकमा बाेलाएर छलफलका साथ जिल्ला कार्यसमितिले जानकारी दिएको थियो । तर औपचारिक रुपमा भने शुक्रबार मात्रै निर्देशन दिएको हाे ।
सम्पुर्ण कलाकारहरुकाे हितकाे निमित्त अनवरत रुपमा अघि बढीरहेको संघले अझै नयाँ ढंगले कलाकारहरुलाई एकरुपताका साथ साथ दिने उदेश्यले देशै भर सबै पालिकाहरुमा अधिवेशन गर्ने तयारी सँगै नुवाकोटले भाद्र महिना भित्र सम्पन्न गर्ने भएको हाे ।
चलचित्र निर्माता , निर्देशक , छायाकार, गायक , अभिनेता , अभिनेत्री , लेखक , श्रृङ्गारक, बाद्यावादक , गीतकार , संगितकार लगायत कलासंगित सम्बन्धि सबै व्यक्ति अटाउने साझा घरकाे रुपमा संघलाई स्थापित गर्दै गरेको संघले जनाएको छ ।
