Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गर्नुभएको छ ।

डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको टिप्पणी गर्नुभयो । एक्लै चुनावमा जाँदा गठबन्धनका सबै दल डुब्ने डरका कारण एक अर्काको फेरो समातेर चुनावमा जान लागेको अध्यक्ष ओलीले बताउनुभयो ।

गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको भन्दै उहाँले अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताउनुभयो ।

एमालेविरुद्ध कम्युनिष्ट, विकास र राष्ट्रियता विरोधी एक ठाउँ आइपुगेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन एमालेलाई रोक्न बनेको तर्क गर्नुभयो । एमाले लोकप्रिय भएर अरुको अस्तित्व संकटमा परेपछि अनेक आरोप लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४