Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 3.1K
    SHARES

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उहाँले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गरे ।

नेपाली कांग्रेसका युवानेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए । उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए ।

नेता घिमिरेले भने, ‘२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ ।

उनले निर्वाचन आउँछ, जान्छ तर देश बदलिँएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँर्छौँ भन्ने सङ्कल्प गर्नु आवश्यक छ भने ।

नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजङ्ग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसङ्घीय सांसद लेखनाथ न्यौपाने, बाग्मती प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडीलगायतले निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालय बालकोटका ९२ विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४