Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तकोशीको धार परिवर्तन : बोलाइयो विपद् व्यवस्थापन समितिको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १८ २०७९
  • 6.3K
    SHARES

विराटनगर । सप्तकोशी कटान क्षेत्रका नागरिकलाई सुरक्षित सार्न तथा व्यवस्थापन गर्नेबारे प्रदेश विपद व्यवस्थापन समितिको बैठक बस्दैछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मोरङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरेपछि बैठक बस्ने तयारी भएको हो ।

सुनसरी र उदयपुरको जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशको विपद् व्यवस्थापन समितिको संयुक्त बैठक बस्न लागेको हो । प्रभावित क्षेत्रमा पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रभावितहरुको सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

अहिले तत्काल उद्दार गर्नुपर्ने भनेको उदयपुर तर्फको बेलका नगरपालिकाको दुई वटा वडा होचो ठाउँमा रहेकोले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको मन्त्री कार्कीले जन प्रहारलाई जानकारी दिए । ‘उदयपुरतर्फको अवस्था तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ,’ उनले भने, सुनसरीको बराहक्षेत्र तर्फको २ वटा वडा अलिक उचाईमा भएको कारण जोखिम मापन गरेर सारिने छ ।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिसहितको टोली मिलेर विपद्को ब्यवस्थापनमा लागेको बताए । ‘पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउन हामी लागेका छौँ,’ उनले भने, त्यसपछि राहत वितरण हुनेछ ।’ तत्काल सुनसरीको बराह क्षेत्रको २ वटा वडा र उदयपुरतर्फको बेलका नगरपालिकाको २ वटा वडामा समस्या देखिएको उनी बताउँछन् ।

प्रदेश १ सरकारका आन्तरिक ममिला तथा कानुनमन्त्री केदार कार्कीसहित, नेपाल प्रहरीका डिआईजी सुदिप गिरी, सशस्त्र प्रहरीका डिआईजी कमज गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहाल, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरु कटान क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४