Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुस्तायो तीज गीतको माहोल : कलाकार लाइभ दोहोरीतिर लोभिंदा रेकर्डिङमा कमी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १८ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । हिन्दू महिलाले मनाउने पर्व तीज र संगीतबीच सदियौंदेखि विशेष साइनो छ । तीजमा गीतमार्फत महिलाले आफ्ना पीडा, भावना र विचार पोख्दै आइरहेका छन् ।

तीज आउनु तीन महिनाअघिदेखि नै तीज गीतले गाउँ-सहरलाई छोप्ने गरेको छ । कोरोना महामारीअघि र त्यसबीचमा तीज गीतले सामाजिक सञ्जालको टाइमलाइन मात्र हैन, घरटोलमा समेत वर्चस्व जमाएका हुन्थे ।

तर अचम्म ढंगले यसपटक तीज गीतको त्यो माहोल सुस्ताएको छ । कोरोनाकालमा भन्दा यसपटक झण्डै आधा अनुपातले तीज गीतको चहलपहल घटेको छ । निर्माणको संख्यामा कमी त आइरहेको छ नै, कलाकार पनि त्यति चटारोमा छैनन् ।

लोकसंगीतसम्बद्ध जानकार ३५ प्रतिशतले तीज गीतको निर्माणमा गिरावट आएको बताउँछन् । असारको सुरुदेखि नै तीज गीत रिलिज गर्ने होड चल्ने गथ्र्यो, तर यसपटक त्यो दृश्य देखिंदैन ।

साउन मध्यसम्म तीज संगीतले निर्माण गर्ने त्यो माहोल देखिंदैन । अघिल्ला वर्षमा तीज गीत बनाउन निकै व्यस्त हुने कलाकार समेत अहिले कमी भएको बताउँछन् ।

लोकगायिका शर्मिला गुरुङले अघिल्लो तीजमा ३०-३५ वटा गीत रेकर्ड गराइन् । तर यसपटक जम्मा सातवटा । उनी केही दिनमा यी गीत रिलिज तयारीमा छन् । उनका अनुसार तीज गीत निर्माण घट्नुमा कोरोना नै मुख्य कारण मान्छिन् । कोरोनाका कारण कलाकारमा आर्थिक संकट आउनु र अर्थोपार्जनको लागि कलाकार लाइभ दोहोरीतर्फ उन्मुख हुँदा रेकर्डिङमा कमी आएको उनी बताउँछिन् ।

‘कलाकार पैसाको लागि लाइभ दोहोरीतिर लाग्दा रेकर्ड गर्नेहरु घटेका छन् । यस्तो परिस्थिति आउनुमा कोरोना नै कारण हो, जन प्रहारसँग गुरुङले भनिन्, ‘यसपटक माहोल सुस्ताएको छ । मलाई पनि त्यस्तै लागिरहेको छ ।

लोकगायिका शर्मिला गुरुङ ।

तीज गीत निर्देशक स्मृति तिमल्सिनालाई लाग्छ, यसपटक ३५ प्रतिशतसम्म तीज गीतमा कमी आएको छ । ‘विगतमा यतिबेलासम्म गज्जबको चहलपहल देखिन्थ्यो, तर यसपटक कमी आएको छ । विगतमा जस्तो देखिएको छैन,’ उनी भन्छिन् ।

तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी विगतमा भन्दा ५० प्रतिशत नै कमी आएको बताउँछन् । कोरोनाका कारण स्टेज कार्यक्रम पनि रोकिएकाले यो रफ्तारमा कमी आएको गायिका गुरुङ बताउँछिन् ।

विगतमा रहरले तीज गीतमा लगानी गर्नेहरु यसपटक पनि आर्थिक संकटले सुस्ताएको बताइन्छ । ‘पहिले सौखले लगानी गर्नेहरु हुन्थे, तर यसपटक व्यावसायिकभन्दा अरुले लगानी गर्न सकिरहेका छैनन्,’ निर्देशक प्रकाश भट्ट भन्छन् ।

युट्युबबाट तुलनात्मक रुपमा कम भ्युज र रकम आउनु कतिपयले तीन गीत कम आउनुको कारण मान्छ्न । कोरोना महामारीले व्यावसायिक र रहरले आउनेलाई फिल्टर गरेको पनि हुनसक्ने भट्ट अनुमान गर्छन् ।

अहिले एउटा गीत रेकर्ड गर्न ५० हजार खर्च हुन्छ । भिडियोमा ल्याउँदा र रिलिज गर्दासम्म १ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च हुने गायिका गुरुङ बताउँछिन् । ‘गीत मात्र ल्याएर भएन, भिडियो पनि ल्याउनैपर्‍यो । भिडियोमा बढी लगानी गर्नुपर्छ,’ उनी भन्छिन् ।

अघिल्लोपटक प्रकाश सपुतले कुरा बुझ्नुपर्छ गीत ल्याए । यो गीतको भ्युज अहिले तीन करोडभन्दा बढी भइसकेको छ । तर यसपटक प्रकाश गीत छाडेर फिल्म खेल्नेतर्फ लम्किएका छन् । उनी हिरो बनेको फिल्म परदेशी २ दशैंमा रिलिज हुँदैछ ।

सपुतले यसपटक तीज गीत नल्याउने बताइसकेका छन् । उनी मात्र होइन, विष्णु माझीले पनि गीत ल्याएकी छैनन् । चरी जेलैमा बोलको चर्चित गीतपछि विष्णुले यसपटक नयाँ तीज गीत ल्याउँछिन् कि ल्याउँदिनन् भन्नेबारे सर्वत्र चासो छ ।

तर स्पष्ट कुरा के हो भने कोरोना महामारीको साइड-इफेक्ट यसपटक तीजको सुस्ताएको माहोलमा देखिएको छ । यो तथ्यलाई सबैजसो कलाकार स्वीकार्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४